धादिङ्ग तमु (गुरुङ्ग ) समाज काठमाडौँ Dhading Tamu Samaj Kathmandu

About Us

धादिङ्ग तमु समाजको बारेमा

धादिङ तमु (गुरुङ्) समाज काठमाडौं उपत्यकाको स्थापना बिक्रम सम्बत २०७६ साल बैशाख ०४ गते भएको हो l जिल्ला प्रशासन कार्यालय, काठमाडौ – दर्ता न ५१४ (२०७६/०१/०४) र ४९९२९ समाज कल्याण परिषदमा अवद्धर्ता लिएको यो सस्था एक अविछिन्न उत्तराधिकारीवाला, संगठित, स्वशासित, परोपकारी, गैर–नाफामुलक, गैर– राजनितीक तथा गैरसरकारी सामाजिक सस्था हो । धादिङ मा जन्म भई काठमाडौँमा आई अस्थाई तथा स्थाई रुपमा अथवा स्वदेश तथा विदेशमा बसोबास गर्ने धादिङका गुरुङ्हरु लाई एक जुट गराई मर्दा, पर्दा आवश्यक साथ र सहयोग गर्नु, आफनो पहिचान, भाषा,भेषभुषा, लिपि, सस्कारको सस्कृतीको र धर्मको पहिचान गरी त्यसको सरक्षण गर्नु तथा आफन सन्ततिहरुलाई हस्तान्तरण गर्न, संस्थामा आबद सदस्यहरुलाई सामाजिक, आर्थिक, शैक्षिक उत्थान तथा सहयोग पु–याउनुको साथै काठमाण्डौमा जिल्लाकै गुरुङ्हरुको पहिचान हुने समाजघर बनाउने उदेश्य बोकेको छ ।

धादिङ जिल्ला बागमती प्रदेशमा पर्छ। यसको जम्मा क्षेत्रफल १,९२६ बर्ग किलोमिटर छ।यसको सिमाना पूर्वमा : काठमाण्डौ, नुवाकोट र रसुवा, दक्षिणमा : गोरखा, उत्तरमा : रसुवा, तिब्बत, पस्चिममा : मकवानपुर र चितवन रहेको छ । काठमाण्डौ देखि धादिङ् बेशी सम्मको दुरी जम्मा ८९ कि. मी. छ । प्रशासनिक हिसावले जिल्ला जम्मा दुईवटा नगरपालिका निलकण्ठ र धुनिबेशी र बाकी ११ वटा गाउपालिका ( खनियाबास, गजुरी, गल्छी, जङ्गाजमुना, ज्वालामुखी, थार्के, नेत्रावती, बेनीघाट, रुवीभ्याली, सिद्दलेख, त्रिपुरासुन्दरी ) रहेका छन् । यो उत्तरमा गणेश हिमाल र तराईमा चुरेभावर प्रदेश तराई सम्म फैलिएको एक मात्र जिल्ला हो । यहाको मुख्य नदी बुढीगण्ठगी हो। जुन गेणश हिमालबाट बगेर आई आखु खोलामा मिसिन्छ । यो जिल्लामा मुख्य गरी बाह्मण र क्षेत्री दक्षिणमा, तामाङ् र गुरुङ् उत्तर भेगमा वसछन भने मध्यभागमा नेवार समुदाय लगायत अन्य जातीका मानिसहरु बसोवास गर्छन । यहाको मानिसको मुख्य पेशा कृषि हो भने, बाकी, ब्यापार, ट्रेकिङ्ग, सरकारी जागिर, बैदेशिक रोजगारमा जान्छन् । हिमाल,पहाड, तराई प्राकृतिक सौन्दर्यले भरिपुर्ण तथा धार्मिक आस्थाको केन्द्र बनेको बाह्यय तथा आन्तिरक पर्यटको केन्द्र बनाउन हर सम्भव प्रयास यहाको युवा पर्यटन व्यवसायीहरुले गरिरहेको छ । राजधानी नजिक भएर पनी शिक्षा, स्वाथय, यातायत र रोजगारीमा धेरै पछि परेको यो जिल्लाको जम्मा जनसङखया २०६८ को जनगणाना अनुसार जम्मा ३,३६,०६७ र वि सं २०७८ को जनगणाना अनुसार जम्मा ३,२५,७१० रहको छ । जस मध्य धादिङमा गुरुङ् को जनसङ्खया जम्मा १८,२४० ( ५.८% ) रहेको छ ।

अवसरको खोजीमा मानिसहरु अध्यन , व्यपार, रोजगारी, स्वस्थ्य उपचार, सहज प्राकृतिक मौसम आदिको कारण सबैले काठमाडौँलाई मुख्य रुपमा हेर्न थाले पश्चात धेरै मानिसहरुको बसोबास काठमाडौँमा हुन थाले । २०७५ साल भन्दा पहिले जिल्लाबाट काठमाडौँ आई बसोबास गर्नेहरुलाई सारो , गाह्रो पर्दा चिनेको , जानेको कोही नहुदा पाएको दुखको अनुभबी पात्रहरुले नया सन्ततिहरुलाई तेस्तो अप्ठेरो नपरोश भनि संस्था सिर्जना गर्न पहल गर्नु भए पश्चात सिर्जित यस संस्था धादिङ तमु (गुरुङ्) समाज काठमाडौं उपत्यका संचालनमा रहेको छ र अबस्था अनुसार सबैको दुख शुखको सहारा बन्दै आएको छ। सस्थाले हालसम्म धादिङमा भुलभुले बस दुर्घटना हुदा, आर्थिक सहयोग, ४ जना मृगौला पिडितलाई आर्थिक सहयोग, देउसी भैलो कार्यक्रम लगायत ल्होसार कार्यक्रम नियमित गर्दै आइरहेको छ । २०७५ साल भन्दा पहिले सहाराको रुपमा काही कोही पनि नपाउने आबस्थाले सिर्जित यो समाजले संस्था स्थापना पश्चात आफ्नो समुदाय भित्रको सदस्यहरुको गैर सदस्य तथा गैर तमूहरुको हितको लागी निरन्तर काम गर्दै आएको छ। हिजोको समयमा केहि सिमित संख्यामा रहेको जिल्ला बासी गुरुङ समुदायहरुको संख्या बढ्दै आएको छ। काठमाडौँ , ललितपुर र भक्तपुर तिन वटै जिल्लामा छरिएर रहेको लगायत जिल्लाबासी तथा विदेशी भूमीलाई आफनो क्रर्म भुमी बनाई बसेका गुरुङहरुलाई गोलबन्द रुपमा समेट्न यस संस्थाको ठुलो भूमिका रहने छ। संख्याको आधारमा समाजघर को बेबस्थापन गर्नु अबको दिगो बिकाशको आधार तयार पार्नु सरह हो। यो बिसाल सोच र मन भएको सबै गुरुङहरुको साझा सभाल रहने छ।

आजको आबश्यकतालाई ध्यानमा राखी काठमाडौँ उपत्यका भित्र राम्रो आय आम्दानीको रुपमा सबैलाई मान्य हुने स्थानमा समाज घर खरिद तथा जग्गा खरिद गरी भवन निर्माणमा लाग्नु मुख्य बिषय रहेको छ । यस सस्थाको दिगो बिकाशको लागी सधै एक मतका साथ काम गर्नु पर्ने हुन्छ र रहने छ। हामी सबैको यस संस्था हामी सबैले मिलेर संचालन गर्ने हो। यो सबैको साझा संस्था हो सबैले मिलेर बनाऊ।

“तपाईले कमाएको धन, तपाई र तपाईको सन्ततिको लागी मात्र हो । तर तपाई दिएको ज्ञान र सकेको दानले कसैको बाच्ने आधार बन्नछ भने त्यो सम्पुर्ण समाजको लागी हो । जुन अमुल्य हुन्छ ! “/strong>

जय धादिङ तमु (गुरुङ्) समाज !