धादिङ्ग तमु (गुरुङ्ग ) समाज काठमाडौँ Dhading Tamu Samaj Kathmandu

Charity Works

धादिङ तमुगुरुङ समाज काठमाण्डौ उपत्यकाले हाल सम्म गरेका परोपकारी कामहरु  

१ . धादिङ ढोला मन्डलीमा बस दुर्घटनामा परेका धाइतेलाई आर्थिक सहयोग

     मिति २०७६ माघ ७ गते धादिङ  ढोला मनडलीबाट पुजा गरि फर्क्दा बाटोमा  बस दुर्घटना हुँदा  भुलभुले गुरुङ गाउँका  ७ जना को घट्ना स्थलमै मृत्यु हुनाको साथै बाकी २८ जनाको काठमाण्डौको वीर अस्पताल, ट्रमा सेन्टरमा आपत्कालिन उपचार गराउन पैसा अभाव हुदा उपचारमा सहज बनाउन तत्काल धादिङ तमु समाज काठमाडौं ले स्वदेश तथा बिदेशमा बसोबास गर्ने मनकारी दाता हरुबाट उठेको रकम  रु. २,००,००० ( दुई लाख ) चन्दा संकलन गरि वडा अध्यक्ष धोज बहादुर गुरुङ ज्यु लाई हस्तान्तरण गरियो । यस अभियानमा हामीसंग जोडिनु भइ सहयोग गर्नु हुने करिब ८५ जना मनकारी दाताहरु लाई हृदय देखि धन्यवाद ।

२. मृगौला पिडीत  सुमित्रा गुरुङ बचाऔ अभियान

      यस सस्थाको सदस्य श्रीमती सुमित्रा गुरुङ धादिङ जिल्ला, नया छाप, डवजोङ गा. पा. वडा न.  ५ माईती, टोडके पात्ले, ज्यामरुङ, नीलकण्ठ ११ घर भई श्री मोहन गुरुङकी श्रीमती हाल हेपाली हाइट, बुढानीलकण्ठमा दुवै जना ज्याला मजदुरी गरी दैनिकी गुजारा गर्दै आएकी दुई नाबालक सन्तानकी आमा बर्ष ३७ की श्रीमती सुमित्र गुरुङको दुबै मृगौला काम नलाग्ने भई बिग्रेका हुनाले डाइलसिस् गराउदै आई रहनु भएकोले र घरको आर्थिक अवस्था ज्यादै नाजुक भई उपचार गराउन समेत बाधा पुगेको हुनाले मिति २०७७ श्रावण २४ गते  सस्थाको पहलमा स्वदेश तथा विदेशमा बसोबास गर्ने  २ सय जना भन्दा बढी मनकारी दाताहरुबाट उठेको रकम एक मुष्ठ रु. ३,३७,७१० ( तीन लाख सरत्तिस हजार सात सय दश  ) सहयोग रासी सङक्लन गरी   तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद का अध्यक्ष श्री रेशम गुरुङ ज्युबासुमित्रा गुरुङ लाई हस्तान्तरण गरियो ।

 यस अभियानमा हामीसंग जोडिनु भइ सहयोग गर्नु हुने सम्पुर्ण मनकारी दाताहरु लाई हृदय देखि धन्यवाद ।

 

३. तारादेवी गुरुङ ( व्रेस्ट क्यान्सर र भिमबहादुर गुरुङ ) मृगौला पिडितलाई आर्थिक सहयोग रु ११,०००

धादिङ्ग तमु समाज काठमाडौँ उपत्यका कार्यसमिति द्वारा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यालयले सामाजिक सञ्जाल मार्फत आव्हान गरिएको तारादेवी गुरुङ व्रेस्ट क्यान्सर र भिमबहादुर गुरुङ मृगौला बचाऔं अभियानलाई साथ दिई सहयोग तारादेवी गुरुङ ( व्रेस्ट क्यान्सर र भिमबहादुर गुरुङ ) मृगौला पिडितलाई सहयोग गरेको सम्पूर्ण सदस्य महानुभाबमा जानकारी गराउद छु ।

यस कार्यमा सहयोग गर्ने दाताहरुको नाम र रकम यसप्रकार छन

१ राममाया गुरुङ रु २,०००

२ पार्वती गुरुङ रु २,०००

३ विष्णु माया गुरुङ रु २,०००

४ सन्त ब गुरुङ रु २,०००

५ बेद ब गुरुङ रु १,०००

६ लक्ष्मी गुरुङ रु १,०००

७ लिलख ब गुरुङ रु १,०००

जम्मा ११,०००

४. मृगौला पिडित रिता (घले) गुभाजु ज्यु को उपचारको लागी धादिङ तमु समाज को आर्थिक सहयोग

मिति २०७७ भर्दौ १२ गते शुक्रबार यस धादिङ तमु समाज काठमाण्डौ उपत्यकाको कार्यसमितिको आकस्मिक बैठक कोषाध्यक्ष राम माया गुरुङ ज्युको निबास, मनमैञ्जु मा बसी, धादिङ कटुन्जे, घलेगाउ, नेत्रावती ५, डबजोङ गा. पा. निवासी मुटु रोग तथा मृगौला पिडित रिता (घले)गुभाजु ज्यु को उपचारको लागी आर्थिक समस्या परी उपचारमा बाधा पुगेको भनी, विरामीको श्रीमान वीरबहादुर गुभाजुले यस सस्थालाई उपलब्ध गराएको निबेदन जानकारी तथा गाउपालिकाको आथिर्क विपन्न वर्गमा को सिफारिस तथा हस्पिटको अन्य कागजातलाई आधार मानी यस सस्थाको विधानको दफा ४ को ‘छ’ बम्मोजिम कार्यसमितिको बैठक बसी सहयोग गरेको जानकारी गराउद छु ।

देशमा व्याप्त कोरोना समस्या कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी रहेको अवस्थामा विरामीको सिध्र स्वाथ्य लाभको कमाना गर्दै उपचारमा थोरै भए पनि राहत पुगोस भनी, विरामीको श्रीमानलाई धादिङ तमु समाज काठमाण्डौ उपत्यका परिबारको तर्फबाट रु १०,००० र अध्यक्ष ज्युको व्यक्तिगत तर्फबाट थप रु १,००० सहयोग गरी जम्मा रु. ११,००० आर्थिक सहयोग गरेको सम्पुर्ण सदस्य वर्गमा जानकारी गराउदछु ।

सहयोगी दाताहरु

धादिङ तमु समाज काठमाण्डौ उपत्यका रु. १०,०००

सन्त बहादुर गुरुङ रु १,०००

जम्मा रु ११,०००

 

५.  विष सेवन गरी अस्पताल भर्ना भएका सरिता गुरुङ

मिति २०७७÷११÷२६  गते धादिङ्ग बटुवा माईत हाल ढोला घर भइ वर्ष ४० को सरिता गुरुङ को मनमोहन अस्पताल ,स्वयम्भु मा उपचारको क्रममा आर्थिक संकट परि समस्या परेको हुदा उहाको श्रीमान लाई धादिङ्ग तमु समाज काठमाडौँ को कार्यसमिति तथा सदस्यहरुबाट रु. २४,६००  तथा भैसेपाटी बाट अशोक गुरुङ र सरिता गुरुङ को पहलमा रु. ८२,२१० गरी जम्मा रु. १०६,८१० आर्थिक सहयोग संकलन गरी हस्तान्तरणगरियो । सहयोगी मन सबैमा हार्दिक कृतज्ञता सहित नमन गर्दै धन्यवाद ।

धादिङ तमुगुरुङ समाज काठमाण्डौ उपत्यकाले हाल सम्म गरेका परोपकारी कामहरु