धादिङ्ग तमु (गुरुङ्ग ) समाज काठमाडौँ Dhading Tamu Samaj Kathmandu

Founder

संस्थापक अध्यक्ष ज्युको तर्फबाट दुई शब्द

सम्पुर्ण बाबा, आमा, दाजुभाई तथा दिदि बहिनीहरुमा म यस धादिङ्ग तमू (गुरुङ्ग) समाज काठमाण्डौ उपत्यकाको सस्थापक अध्यक्ष सन्त बहादुर गुरुङ्गको तर्फबाट दुई हात जोडी हृदय देखि यहाहरु सबैमा नमस्कार गर्न चाहान्छु । यस सस्थामा जोडिन भन्दा पहिला समाज के हो?, समाज हामीलाई किन चाहिन्छ?, भन्ने दुई मुल प्रश्नको उत्तर आफुमा खोज्नु जरुरी छ जस्तो मलाई लाग्छ । यो समाज भनेको हाम्रो सिङगो गुरुङ्ग समुदायको घर हो । जसरी आफ्नो घरको बलियो अनि सफा राख्न तपाई हर दिन सफा सुघर, रङरोधन गर्न हुन्छ, त्यसरी नै यो सिङगो समाजको घरलाई राम्रो बनाउन, आफनो भेषभुषा, भाषा, कला, सस्कार सस्कुतिको सबैले संरक्षण र संबद्र्धन गर्न समाजका हरेक सक्षम नागरिकको कर्तव्य हो । हामी जन्मन्छौ, हुर्कन्छौ अनि बाल्यकालमा हाम्रो जन्म संस्कार, छेवर, विबाह बन्धनमा सबै हाम्रो बाबा आमाले आफन्त खोजी गरिदिनु हुन्छ । मुत्यु सस्कार पनि त्यसतै हो ।

समयचक्र संगै मानिसहरु स्वास्थय, शिक्षा, रोजगार आदीको खोजिमा प्रदेश लाग्दा आफनो आफन्त धेरै टाढा हुने हुदा समस्या पर्दा आपत विपतामा कसैको साहार बन्न सकुन भनेर यो समाजको स्थापना गरेका हौ । यो समाज बन्नमा शुरुवाती पहल गर्नुहुने लक्ष्मी गुरुङ्ग छोरी (हाल भङगाल), राममाया गुरुङ्ग दिदि (हाल मनमैञ्जु) रगबहादुर गुरुङ्ग दाई (हाल ईचंगु) लाई विशेष धन्यबाद दिन चाहान्छु यदि उहाहरु नहुदो हो त आज यो समाज स्थापनाको परिकल्पना सम्म पनि गर्न सक्दैन थियो । हामीले विगतका तिता घटनाको याद गर्ने हो भन्ने, कोही गाउबाट अरिङगलले टोकेर ल्यायो, काठमाण्डौमा अस्पताल आयो पैसा पनि छैन, मान्छे नि ! । अलि अलि चन्दा उठायो, टार्यो । त्यस्तै स्वयम्भु घाटमा लग्यो केही थाहा छैन । मलामी पनि १०–१५ जना भन्दा बढी जुटाउन गार्हौ, त्यस्ता घटना त कति छन् कति ! । यी तमाम समस्याको समाधान एक दुई व्यक्तिबाट सधै सम्भब नहुने देखिएर समाज सबैलाई चाहिन्छ । समस्या सबैलाई पर्छ भन्ने मुल कारणबाट सृजित यो समाज जिल्लाभरिको गुरुङ्ग स्वदेश तथा विदेश जहा बसोबास गरे पनि हाम्रा आफन्त हुन । उनीहरुलाई एकताबद्ध गरि हाम्रो गुरुङ्गहरुको साझा सवाल र पहिचानलाई जोगाउन हामी सबै एक जुट भएर लाग्नुपर्छ भन्ने नै हो । तर समाज स्थापनापछि समाजको काम त्यती मात्र पनि होइन रहेछ भन्ने कुरा थाहा भयोयसको व्यापकता धेरैनै रहेछयो एउटा देशचलाउन सरह रहेछअसल नेतृत्व सबैको साथ सहयोग भयो भने यस सस्थाले मर्दा पर्दा हाम्रो समुदायको विकासका लागी हरेक काम गर्न सक्छन्, शिक्षा स्वास्थय रोजगारीमा व्यापक परिबर्तन गर्न सक्छनबृद्धाआश्रम, छात्रबृतीअक्षकोष, उपचारकोष, सदस्यहरुलाई स्वरोजगारी सिपमुलक तालिम, विद्यार्थी भाईबहिनीहरुलाई व्यक्तित्व विकास तालिमहरु आदि दिन सकिन्छ

आदिरणय बाबा, आमा, दाजुभाई तथा दिदिबहिनीहरु हामी सबैले यो बुझन जरुरी छ, यो सिङगो समाज तपाई हामीले दिएको साना पैसाबाट चल्ने होपैसाले मानिसलाई कहिल्यै पुग्दैन पैसाको पछिलाग्दा लाग्दै मानिस एकदिन यस धर्तिबाट अस्ताएर जान्छन्मानिसको सबैभन्दा ठुलो धन मन हो आत्मसन्तुष्टि होजसरी तपाईले आफनो परिबार पाल्न विना हिचकिचाहत, नि-स्वार्थ  आफनो अमुल्य समय सम्पती खर्च  गर्नुहुन्छत्यसको प्रतिशत मात्र यो समाजलाई दिन सके हाम्रो सन्ततिले भोलि सुख भोग गर्न पाउनेछ भने आज हामीले सकेको गर्न किन पछिपर्ने ? तपाईले सकेको दिएको सानो रकम समाजको असल काममा, खर्च गर्दा तपाईको मन पोल्न हुन्न, हाम्रो पहिचान गुरुङ्गबाट भएको हो , हाम्रो छुटै धर्म, सस्कार, सस्कृती छ, त्यसैले हामी विशेष छौ । आजको दिन सम्म समाजको काम गर्न तपाईहरुको साथ र समर्थन जसरी पाएको छु, भोलिको नेतृत्वलाई पनि यसतै साथ र सहयोगको अपेक्ष राखेको छु । सस्थाको राम्रो काममा कोही नछुटिउन, सबै मिलेर, सबैको साथ र सहयोगमा धादिङ्गको गुरुङ्गहरुको साझा समाजघर बाउने, यो सारा धादिङ्गको गुरुङ्गहरुको सपना साकार पार्न तपाईहरुले सक्दो सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । एकै चोटी सक्दैन त विस्तारै ५००, १०००, गर्दौ सकेको समयमा सहयोग गर्दै जानुस । भोली तपाई हामीले देखेको सपना अबश्य साकार हुनेछ भन्दै मेरो यो दुई शब्द यही टुङगाउछु । होस, धन्यबाद ।

समाजको जय होससबैको जय होस

संस्थापक अधक्ष्य

श्री सन्त बहादुर गुरुङ